अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य अस्वीकार्य : डा.कोइराला

अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य अस्वीकार्य : डा.कोइराला

काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पुर्व लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुन नसक्ने बताएका छन् । उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलव र पुर्व शिक्षकको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पुर्व अयोग्य लडाकुको नाममा पैसा बाँडने काम अनउपयुक्त भएको धारणा राख्दै यस्तो बताएका हुन ।

डा कोइरालाले आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बिगतमा क्यान्टुमेन्टमा भएका लडाकुका लागी लिएको पैसाको हिसावकिताव बुझाउन नसक्ने, द्धन्दकालिन समस्याको समाधान नगर्ने अनि पैसा नभएको बेला यसरी पैसा बाँडन लागिएको कामलाई रोक्न सबैमा अपिल गरेका छन् ।

“बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन”, कोइरालाले भनेका छन्, “माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं, उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *