उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला

उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिएर अघि बढ्न सन्देश दिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले भने, “उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको छ । युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको हो ।”

कोइरालाले उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी भन्दै अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह, वडा र टोलसम्म संगठन गर्नुपर्नेमा जोड दिए । “मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ,” उनले भने ।

नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने र हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको स्पष्ट गरे ।

उनले भने, “हारको जिम्मेवारी सबैले लिनुपर्छ ।” कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *