डिभिजन वन कार्यालय अछामकाे संयुक्त टाेलिद्वारा निर्माणाधिन आयोजनाको अनुगमन

डिभिजन वन कार्यालय अछामकाे संयुक्त टाेलिद्वारा निर्माणाधिन आयोजनाको अनुगमन

डिभिजन  वन कार्यालय अछामकाे संयुक्त टाेलिद्वारा विभिन्न निर्माणाधिन याेजनाकाे अनुगमन गरिएको छ  । रामाराेशन पर्यटकिय क्षेत्रकाे संरक्षण तथा व्यवस्थापन,जिल्लाकाे वन तथा बन्यजन्तु संरक्षण,वन क्षेत्रकाे अतिक्रमण तथा चाेरि निकासी नियन्त्रण,खाेटाे संकलन र पर्यटनका याेजनाहरुकाे अनुगमन लगायतकाे बिषयममा जिल्लाका सराेकारवालासँगकाे छलफल पश्चात जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवर,मंगलसेन नगरपालिका नगरप्रमुख पदम बोहरा ,डिभिजन वन कार्यालय अछामका निमित्त डिभिजन वन अधिकृत भाेजराज शर्मा लगायत विभिन्न कार्यालयका प्रमुख,पार्टीका प्रमुख पत्रकार सहित सरोकारवालाको टाेलिले निर्माणाधिन याेजनाकाे अनुगमन गरेकाे हाे । उक्त टाेलिले बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनकाे काला ढुंगा वनमा रहेकाे खाेटाे संकलन ठाउमा अनुगमन गरेकाे थियाे। खाेटाे सँकलन बारे बिबाद हुन थालेपछि साे काे अनुगमन गरिएकाे कार्यालय प्रमुख शर्माले बताउनुभयाे । उहाँले प्रबिधिकाे प्रयोग  गरेर खाेटाे निकाले रुखलाई असर नहुने बताउनुभयो  । तर खाेटाे निकालेकाे रुखमा एसिड हुने भएकाेले जनावरलाइ भने असर हुने बताउनुभयाे । पछिल्लो समय जलवायु  परिर्वतन संगै वायु प्रदूषणको चरम अवस्थामा वन डढेलोले गर्दा लाखौं वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमा समेत नकारात्मक असर पुगेको शर्माले बताउनुभयाे । हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय अछामले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयाे । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहँको भनाई छ ।
डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता नै उत्तरदायी हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाकाे भनाई छ । वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको शर्माको भनाई छ । डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, नजिकको प्रहरी, सशस्त्र प्रहरी लगायतलाई आग्रह गरेकाे बताउनुभयाे । त्यसैगरि बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्थित सल्लेणि माणुमा रहेकाे वृक्षारोपणमा पनि बाेटबिरुवाहरुकाे समेत अनुगमन गरेकाे छ । हरियाली तिमिल्सेन बनाउने उद्देश्यले वृक्षरोपण गरिरहेकाे तिमिलसेन सामुदायिक बन अध्यक्ष तिलक खत्रि तिमिल्सिनाले बताउनुभयो  । सल्ला सिसम लगाएत सबै डालेघास राेपन गरिएकाे खत्रीको भनाइ छ । यसैगरी चाैरपाटी गाउपालिका वडा नम्बर ७ मार्कुमा निर्माणधिन प्रतिक्षालयकाे पनि अनुगमन गरिएकाे छ । उधाेग, पर्यटन वन तथा वातावरण मन्त्रालयककाे १० लाख आर्थिक सहयाेगमा निर्माण भईरहेकाे प्रतिक्षायकाे काम १५/२० दिनमा सम्पन्न गरिसक्ने निर्माण व्यवसायीले बताउनु भएकाे छ। यस्तै साँफेबगर नगरपालिका वडा नम्बर २ झकालेमा निर्माणाधिन मंगलासैनि देवताकाे मन्दिरकाे पनि अनुगमन गरिएकाे हाे । उधाेग, पर्यटन वन तथा वातावरण मन्त्रालयकाे ५ लाख आर्थिक सहयाेगमा निर्माण भईरहेकाे मन्दिरकाे काम याे महिनामा सम्पन्न गरिसक्ने निर्माण व्यवसायी अम्मर स्वारले बताउनु भएकाे छ। गर्मियाम सुरु भएसंगै अछामका सामुदायिक वनहरुमा जथाभावी  रुपमा आगलागी भईरहेको छ । उपभोक्ताहरुकै लापरबाहीका कारण धेरै जसो सामुदायिक तथा राष्टिय वन क्षेत्रमा समेत आगलागी भईरहेको बुझिएको छ । जिल्लाको क्षेत्र नं. १ को बुढाकोट, गुयलापानी, सिद्देश्वर, गोसेखोला, भिरकोट, सोकट, पायल लगायतका साुमदायिक वन क्षेत्रमा आगलागी भईरहेको छ । यस्तै क्षेत्र नंम्बर २ को रानीबन ढकारी, तुल्ता लगायतका क्षेत्रमा समेत आगलागी भईरहेको छ । जथाभाबी हुने आगलागीले बोटबिरुवा, जडिबुटी नास हुनुका साथै, बन्यजन्तु समेत मर्ने गरेका छन् । आगलागीले पानीका मुहान समेत सुक्ने गरेका छन् । वन ऐन अनुसार डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक वन ग्रामिण तथा शहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ । अछाम जिल्लामा १ लाख ६ हजार १ सय ९८ हेक्टर वन क्षेत्र रहेको छ । कुल क्षेत्रफलको ६२.ं७७ प्रतिशत वन क्षेत्र मध्ये करिब ५० प्रतिशत वन सामुदायिक रहेको छ भने बाँकी राष्टिय वनकै क्षेत्रमा रहेको छ । यसको केही प्रतिशत खप्तड क्षेत्रमा पर्ने डिभिजन वन कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *