मंगलसेन न•पा कार्यालय नजिकै एक घरमा आगलागी हुँदा घर पुर्ण रूपमा जलेर नस्ट ,प्रहरी द्वारा आगो नियन्त्रण

मंगलसेन न•पा कार्यालय नजिकै एक घरमा आगलागी हुँदा घर पुर्ण रूपमा जलेर नस्ट ,प्रहरी द्वारा आगो नियन्त्रण

मंगलसेन सदरमुकाम नजिकैको एक घरमा आगलागी हुँदा घर पुर्णरूपमा जलेर नस्ट भएको छ । मंगलसेन नगरपालिकाको कार्यालय नजिकै घरमा आगलागी हुँदा मंगलसेन नगरपालिका बेखबर बनेको स्थानीयले गुनासो गरेकाछ्न  ।

आगलागी भएर घर नै ध्वस्त भइराख्दा पनि नगरपालिकाले  दमकल नपठाएपछी आगो फैलिएर घर नै ध्वस्त बनेको पीडितको भनाइ छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ निवासी नारायण प्रसाद ढुंगानाको  घरमा ग्यास पट्किदा अचानक आगलागी हुँदा उनको घर र घरमा रहेका सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यता मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले दमकल बिग्रेको कारण पठाउन नसकिएको बताए । बिग्रेको दमकल लाई तत्काल मर्मत गर्न निर्देशन दिसकेको समेत बताए ।

आगलागी नेपाल प्रहरी,नेपाली सेना र स्थानीयको
सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक  नारायण डाङीले जानकारी दिए।

आगलागी भएको ५ मिनेटमै नेपाल प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । ज्यान जोखिममा राखेर प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको घर नजिकै नेपाल रेडक्रस र मंगलसेन नगरपालिका कार्यालय छन।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *