शैक्षिक कल्याण बचत तथा ऋण सहकारीकाे ११ औँ साधारण सभा सम्पन्न

शैक्षिक कल्याण बचत तथा ऋण सहकारीकाे ११ औँ साधारण सभा सम्पन्न

११ चैत्र, अछाम: जिल्ला शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामको ११ औँ साधारण सभा मङ्गलसेनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जय बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमको दीप प्रज्वलन बाट उद्घाटन गर्दै प्रमुख अतिथि शाहले जिल्ला शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामले जिल्लामा निकै महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनहरूमा पनि संस्थाको हित हुनेगरि काम गर्न सुझाव दिनुभएको छ ।

आफूसँग विगतमा भएका सहकारीका अनुभवहरू पनि संस्थालाई बाँड्ने बताउँदै शाहले सहकारीको विकासका लागी आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । संस्थालाई सँधै प्रगतिको पथमा लिनका लागी सबैले इमानदारिता पूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्थाले आर्थिक क्षेत्रमा गतिशील परिवर्तन गर्न सक्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथिमा नेपाली कांग्रेसका महासमिति सदस्य पदमराज अधिकारी, नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष मदन कुँवर, जिल्ला शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाका पूर्व जिल्ला अध्यक्ष शंकर बहादुर रावल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नविन्द्र राज जोशी रहनुभएको थियो ।

अन्य अतिथिहरूमा नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष नेत्र राज उपाध्याय, सचिव रुपानन्द उपाध्याय, जिल्ला अर्थ सचिव टङ्क तिमिल्सैना लगायतका अन्य अतिथिहरू रहनुभएको थियो ।

११ औँ साधारण सभामा संस्थामा आवद्ध भई जिल्लाभर उत्कृष्ट काम गरेबापत ३ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा कमलबजार नगरपालिका संयोजक तथा जिल्ला शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाका कार्यसमिति सदस्य जनकराज ढकाल, ढकारी गाउँपालिका संयोजक तथा जिल्ला सदस्य नारायण प्रसाद तिमिल्सैना र जिल्ला सहकारीका कोषाध्यक्ष एकेन्द्र कुँवर रहेका छन ।

यसका साथै पूर्व अध्यक्ष शंकर बहादुर रावल पनि सम्मानित भएका कमलबजार संयोजक जनकराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *