आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न

आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को एक्चुरी भ्यालुएशन सम्पन्न गरी एनएफआरएस अनुसारको वित्तीय विवरण समेत नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराउन सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को एक्चुरी भ्यालुएशन पछिको एनएफआरएस अनुसारको लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृत गरेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको सातौं महिनामा वित्तीय विवरण स्वीकृत गराएको पहिलो घट्न हुन पुगेको छ । कम्पनीका सिईओ कवि फुयाँलले कम्पनीले आगामी दिनमा पनि यसैगरी निर्धारित समयमा नै वित्तीय विवरण स्वीकृत गर्ने मेकानिजम तयार भएकोले अब यसैगरी अघि बढ्ने बताए ।

आइएमई लाइफ गत आवको बार्षिका साधारणसभा गर्ने पहिलो कम्पनी हुने भएको छ । वित्तीय विवरण पारित भएसँगै कम्पनीलाई बार्षिक साधारणसभा आयोजना गर्ने बाटो खुलेको छ ।

आइएमइ लाइफले आव सकिएको सातौं महिनामा नै वित्तीय विवरण स्वीकृत गराएपछि अन्य जीवन बीमा कम्पनीहरुलाई चर्को दवाव परेको पर्ने भएको छ ।

आईएमई लाइफले स्थापनाको छोटो अवधीमा नै पाँच अर्ब ४७ करोड ९४ लाख सात हजार रुपैयाँको शक्तिशाली जीवन कोष खडा गर्न सफल भएको छ । गत आवको छ महिनाको अवधीमा तीन अर्ब ८७ करोड रुपैयाँको कोष रहेको कम्पनीमा यसआवको समीक्षा अवधीसम्म आइपुग्दा जगेडा कोषमा एक अर्ब चार करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । महाविपत्ति कोष समेत गरी कूल छ अर्ब ६३ करोड ७४ लाख ४० हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको हो ।

कम्पनीले जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिलो एक्चुरी भ्यालुएशन सम्पन्न गरेर वित्तीय विवरण समेत पारित गरी बीमा क्षेत्रमै नयाँ इतिहास रच्न सफल भएको छ । कर्मचारीमा क्षमता अभिबृद्धिमा जोड दिँदै संस्थागत सुशासनमा दृढ भएर अघि बढेको कम्पनीले जीवन बीमा कम्पनीको लेखा परिक्षण एक वर्ष ढिलाई हुन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न सफल भएको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *