देवकोटाहरुको उद्गमस्थल अछामको देवकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन हुने

देवकोटाहरुको उद्गमस्थल अछामको देवकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन हुने

अछाम । जिल्लाको ढकारी गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित देवकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन हुने भएको छ।

देवकोटा बन्धुको आयोजनामा बैशाख १८ गतेदेखी २४ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

देवकोटलाई देशभर चिनाउन आन्तरिक पर्यटन प्रबद्धन तथा धार्मिक स्थलको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित महायज्ञ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

विभिन्न महायज्ञ तयारी समितीहरु गठन गरी काम भैरहेको प्रचार–प्रसार समिती संयोजक कृष्ण प्रसाद देवकोटाले  जानकारी दिनुभयो ।

महायज्ञ सञ्चालन संगसंगै,कुल देवताको मन्दिर निर्माण गरी देशकै सबैभन्दा ठुलो भारद्धाज ऋषिको मुर्ति स्थापना गर्ने,महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिक निर्माण गर्ने,सामुदायिक भवन निर्माण गरी वृहत पुस्तकालय स्थापना एवं धर्मशाला निर्माण तथा संचालन गर्ने लक्ष्य लिनुको साथै उल्लेखित योजनाहरु क्रमिक रुपमा विकास गर्दै देवकोटाको उद्गम एवं पैतृक स्थललाई संरक्षण र प्रवर्द्धन गरिने संयोजक देवकोटाले बताउनुभयो ।

महायज्ञमा राष्ट्रिय कलाहरुको बेजोड प्रस्तुुती रहने पनि बताइएको छ ।करिब १ हप्ता सम्म सञ्चालनमा रहने सप्ताह ज्ञान महायज्ञमा सम्पुुर्णलाई उपस्थितिका लागी आयोजकले अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *