निर्वाचन प्रक्रिया अगाडि बढाइने भएपछि अछाम क्याम्पसमा लगाइएको ताला खोलियो

निर्वाचन प्रक्रिया अगाडि बढाइने भएपछि अछाम क्याम्पसमा लगाइएको ताला खोलियो

अछाम बहुमुखी क्याम्पसमा लगाइएको ताला खोलिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयमा  विवाद भइ अनेरास्ववियु र नेपाल विद्यार्थी संघ सहित ४ वटा संगठनले लगाएको ताला क्याम्पस प्रमुख छत्र बिष्ट , सम्पुर्ण विद्यार्थी संगठनका प्रमुखहरु लगायत सरोकारवाला हरुको उपस्तिथिमा ताला खोलिएको हो ।

स्ववियु निर्वाचनको कार्यालय र अछाम बहुमुखी क्याम्पसको प्रशासनिक कक्ष हरुमा लगाइएका तालाबन्दिका कारण विद्यार्थीको पठनपाठन र क्याम्पसका अन्य शैक्षिक गतिविधिहरु प्रभावित हुन गइ असहज वातावरण शृजना भएपछि पठनपाठन र क्याम्पसका शैक्षिक क्रियाकलापहरु सूचारु गर्नका लागी ताला खोलिएको नेपाल विद्यार्थी संघ अछाम बहुमुखी क्याम्पसका इकाई सभापति गणेश अधिकारीले बताए ।

अछाम बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनको सम्बन्धमा सम्पुर्ण विद्यार्थी संगठन हरु संग सहमति ,सहकार्य र आपसी सुझबुझका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउने सर्वदलीय बैठकले सर्वसम्मत निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *