बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेविसंघद्वारा हाजिरी जवाफ प्रतियोगिता

बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेविसंघद्वारा हाजिरी जवाफ प्रतियोगिता

बैतडी: बैतडीको पाटन स्थित पाटन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समितिले हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसमा अध्यानरत विद्यार्थीहरुको सहभागितामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।
हाजिरिजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यार्थीहरुलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दितिय भएको विद्यार्थीसमुहलाई २ हजार  नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने तृतिय भएको समुहलाई एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी अन्य चार समुहलाई नगद ५ सयसहित प्रमाणपत्र प्रदान गरिएको नेवि संघ जिल्ला कार्यसमिति सदस्य भागरथी भट्टले जानकारी दिइन् ।
इकाई सभापती श्रेसा जोशीको अध्यक्षतामा समपन्न भएको कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल रहनु भएको थियो । कार्यक्रममा नेविसंघ बैतडीका अध्यक्ष कपिल केसी, पाटन ६ का वडा अध्यक्ष राजेन्द्र सिह बिष्ट, नेवि संघ जिल्ला कार्यसमिति सदस्य नरेश बिष्ट, भागरथी भट्ट लगायतका विद्यार्थी नेताहरुको उपस्थितीमा कार्यक्रम समपन्न भएको हो ।

No description available.
कार्यक्रममा बोल्दै नेवि संघ जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष कपिल केसीले विद्यार्थी संगठन आन्दोलनको लागि मात्रै नभई अतिरिक्त शैक्षिक कार्यक्रममा पनि अग्रसर हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *