कांग्रेस बरिस्ठ नेता डा. कोइराला र इतर समुहका विद्यार्थी नेताहरु बीच भेटवार्ता

कांग्रेस बरिस्ठ नेता डा. कोइराला र इतर समुहका विद्यार्थी नेताहरु बीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र इतर समुहका नेपाल विद्यार्थी संघका नेताहरु बीच भेटवार्ता भएको छ ।

चैत ५ गते हुनलागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत विभिद विषयमा छलफल भएको नेपाल विद्यार्थी संघका नेता बिनोद शाहीले बताए ।

बरिस्ठ नेता कोइराला संग भएको छलफलका क्रममा विद्यार्थी नेताहरूले देशैभरका विभिन्न क्याम्पसका ने वि संघमा योगदान गरेका बिद्यार्थी नेताहरुलाई टिकट दिनुपर्ने , स्ववियु निर्वाचनको तयारीमा लाग्ने ,ने वि संघ केन्द्रीय अध्यक्षले गरेका एकलौटी अवैध गतिविधि नमान्ने र ती सवै निर्णय तत्काल फिर्ता गरि बैधानिक तरिकाले अगाडि बढाउने , स्ववियु निर्वाचनको अप्राकृतिक गठबन्धन स्वीकार गर्न नसकिने माग राखेका विद्यार्थी नेता शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *