उद्योग बाणिज्य संघ अछामद्धारा बैंक ब्याजदर विरुद्ध आजदेखि विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय

उद्योग बाणिज्य संघ अछामद्धारा बैंक ब्याजदर विरुद्ध आजदेखि विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय

मंगलसेन – उद्योग बाणिज्य संघ अछामले बिभिन्न  संघषर्का कार्यक्रमहरु गर्ने भएको छ । बैंकहरुको वित्तीय संस्थाको चर्को व्याजदरका विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम गर्न लागेको हो ।

संघले आयोजना गर्ने बिभिन्न संघर्षका कार्यक्रमको  बारेमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको  छ । चर्को ब्याजदरले ब्यावसायी, ब्यारी, किसान लगायत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु मारमा परेको भन्दै व्याजदर घटाउन बाध्य गराउने उदेश्यका साथ बिरोध कार्यक्रम गर्न लागिएको हो ।

अछाम उद्योग बाणिज्य संघको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको छ । बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका रणनीति निर्माण गरि कार्यक्रम तय गरिएका छन् । सुदूरपश्चिमका नौवटै जिल्लाबाट बैंक ब्याजदर विरुद्धका कार्यक्रम अघि बढाउन आगामी संघर्षका कार्यक्रम तय गरिएको छ ।

अछाम जिल्लामा पनि छलफलपछि उद्योगी व्यवसायीले यही १५ गते देखि हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि  कोण सभा गर्ने निर्णय भएको जनाएको छ । उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन ।

त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष बम बहादुर रावलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको थियो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष बम बहादुर रावल, महासचिव छत्र बहादुर बोहरा, उपाध्यक्ष यज्ञराज ढुंगाना, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *