ट्राफिक सचेतना कार्यक्रम हरिनगर ठुलासैनमा सम्पन्न

ट्राफिक सचेतना कार्यक्रम हरिनगर ठुलासैनमा सम्पन्न

लागुपदार्थ दुव्र्यसन तथा ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने मंगलसैन नगरपालिका ६ हरिनगर ठुलासैन बजारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।बढ्दो सवारी दुर्घटना कम गर्न ट्राफिक नियम बारे चालकहरु जानकार हुनुपर्ने र निर्माणाधिन सडकका कारण पनि दुर्घटना बढ्दै गइरहेकोले स्थानीय र सवारी चालक हरुलाइ दुर्घटना बाट बच्ने उपाए बारे जानकारी गराइएको थियो ।

सचेतना कक्षामा लागुऔषधका प्रकार र त्यस कुलतले पार्ने सामाजिक प्रभावका बारेमा स्पष्ट पारिएको र ट्राफिक नियम पालनासम्बन्धमा सहभागी हरुलाइ प्रशिक्षित गरिएको ट्राफिक हवल्दार खडक ऎरले बताउनुभयो भयो ।

त्यस्तै सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी नचलाउने,सवारी नविकरण फेल,सवारी लेन अनुशासन,भाडादर रेट लिष्ट सम्बन्धि जानकारी गराइएको थियो ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट मंगलसेन र अस्थायी प्रहरी पोस्ट ठुलासैनको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *