राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसकेको माओवादीको दाबी

राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसकेको माओवादीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमित जुट्ने बताएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “पक्कै पनि त्यही हो ।” साँझ बस्ने बैठकले सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ ।

आज ५ बजे नेपाली कांग्रेससहितको पाँच दलको बैठक बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *