कमलबजारमा संचालन भएको शिविरले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने नगर प्रमुख ढकालको विश्वास

कमलबजारमा संचालन भएको शिविरले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने नगर प्रमुख ढकालको विश्वास

कमलबजार नगरपालिका अछामको आयोजना तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा फागुन १० र ११ गते सञ्चालन गरिएको २ दिने एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविरको एक कार्यक्रमका बीच समापन गरिएको छ । शिविर बाट २२ ०० जनाले स्वास्थ्य जाच र उपचार गरेका छन् भने ९८ जना विभिन्न रोगका बिरामी हरुलाइ काठमाडौ रेफर गरिएको हो ।

शिविर बाट काठमाडौ रेफर गरिएका बिरामी हरुलाइ पहिलो प्राथमिकतामा राखेर निशुल्क उपचार र सल्यक्रिया गरिने  काठमाडौं मेडिकल कलेजका  मेनेजर नारायण दाहालले बताउनुभयो ।

बिरामी हरुले अनिवार्य रूपमा कुरुवा ल्याउनुपर्ने पनि बताउनुभयो ।
ग्रामीण भेगमा आएर जनतालाई सेवा गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । आफू हरु जुन उदेश्य र लक्ष्य बोकि अछाम जिल्लामा आएका थियौं त्यो पूरा भएको छ उनले भने ।

शिविरमा आएर स्वास्थ्य जाच गराउनु हुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिकाले संचालन गरेको स्वास्थ्य शिविरले नगरवासीको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे।
सामान्य उपचारका लागी पनि लाखौं रुपैया खर्च गरेर जिल्ला बाहिर जान नपरोस् भनेर शिविर संचालन गरेको बताए ।
नगरवासीको स्वास्थ्य लाई ध्यानमा राखी आगामी दिनहरूमा पनि यस्ता शिविर हरु नगरपालिकाले संचालन गर्ने बताउनुभयो । साथै नगर प्रमुख ढकालले रेफर गरिएका बिरामी हरुलाइ काठमाडौ सम्मको यातायातको व्यवस्था समेत नगरपालिकाले गर्ने बताउनुभयो ।

समापन कार्यक्रममा नगर उपप्रमुख सारदा बिष्ट ,कुवरले शिविर सफल रूपमा सम्पन्न गर्नुहुने सम्पुर्ण लाइ धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको संचालन कमलबजार नगरपालिका  स्वास्थ्य शाखा प्रमुख चक्र बिष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *