सुदूरपश्चिमका मुख्यमन्त्रीमा छटपटी, विश्वासको मत खोज्दै पुनः काठमाण्डौँ

सुदूरपश्चिमका मुख्यमन्त्रीमा छटपटी, विश्वासको मत खोज्दै पुनः काठमाण्डौँ

धनगढीः सरकार गठनको महिना दिन पुग्नै लाग्दा नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी बढेको छ। विश्वासको मत खोज्दै मुख्यमन्त्री राजेन्द्रसिंह रावल विहिबार पुनः काठमाण्डौँ पुगेका हुन्।

नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा झनै छटपटी बढेको छ। यहीबीचमा नागरिक उन्मुक्ति पार्टीको विषयमा छलफल गर्न मुख्यमन्त्री रावल पुनः काठमाडौँ पुगेका छन्। यसअघि पनि विश्वासको मतकै लागि मुख्यमन्त्री रावल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले बालकोटमा छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *