हिजो चुनावमा बोलेका कुरा पुरा गर्ने अभियानमा प्रतिबद्ध छु अध्यक्ष : साउद

हिजो चुनावमा बोलेका कुरा पुरा गर्ने अभियानमा प्रतिबद्ध छु अध्यक्ष : साउद

अछाम :रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउदले हिजो आफुले चुनाव बोलेका कुरा पुरा गर्ने बिषयमा आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।रामारोश गाउँ पालिकाको वडा न .५ मा रहेको विकट बस्ति अल्याडिमा सामुदायिक स्वास्थ्य  इकाईको उद्घाटन गर्दै उहाँले आफुले चुनावका बेला दुर्गम अनि विकट बस्तीमा स्वास्थ्य सेवा र शिक्षाको लागि पहिलो प्राथमिकतामा राख्ने कुरालाई जुन हिसाबले उथान गरेको थिएँ र त्यही हिसाब काम गर्न लागि रहेको बताउनु भएको छ। उहाँले अब तत्काल अल्याडिमा सडक को पहुँच पुर्याउने कुरामा पनि लागेको बताउनु भएको छ । यसका साथै रामाराशनको बिकट बस्ति छडेना , भैरि र किम्तोला लगायतका ठाउँमा पनि स्वास्थ्य इकाई स्थापना गर्न आफू लागि परेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर ५  का वडा अध्यक्ष केशर शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मान बहादुर साउद रहनु भएको थियो भने बिशेष्ठ अतिथि गाउँ पालिका उपाध्यक्ष सृजना बुढा रहनुभएको थियो कार्यक्रममा नेपाली कांग्रेसका पाटी प्रतिनिधि पुर्ण विक, नेकपा एमाले प्रतिनिधि पदम बहादुर शाह, माओवादी केन्द्र का प्रतिनिधि पहल साउद ,नेपाली कांग्रेस युवा नेता पुष्प बिष्ट वडा नम्बर  २ का वडा अध्यक्ष मीन परियार , गाउँ सभा सदस्य लाल विक ,उपेन्द्र बिष्ट ,लाल देवि दास ,रामारोशन गाउँपालिकाका पन्जिका अधिकारी दल बहादुर साउद, स्वास्थकर्मि नरेन्द्र बुढा ,रमेश न्यौपाने ,भुपेन्द्र बुढा ,बम साउद कलाकार रुपेश परियार , लगायतको सहभागीता रहेको कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्यकर्मि लोकसरा सहकारीले राख्नु भएको थियो भने सन्चालन रामारोशन स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाले गर्नु भएको थियो । स्वास्थ्य इकाई उद्घाटनकै दिन ७ जनाले स्वास्थ्य उपचार गराएका छन

Leave a Reply