जिल्ला समन्वय समिती महासंघ नेपालको केन्द्रीय सदस्यमा कुवँर चयन

जिल्ला समन्वय समिती महासंघ नेपालको केन्द्रीय सदस्यमा कुवँर चयन

जिल्ला समन्वय समितिमा निर्वाचित देशभरका जनप्रतिनिधिहरुको भेला पोखरामा सम्पन्न भएको छ ।

पोखरामा भएको उक्त समन्वय समिती महासंघ नेपालकाे चौथो राष्ट्रिय परिषदबाट जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँर केन्द्रीय सदस्यमा चयन भएका छन् । भने जिल्ला समन्वय समिती अछामका सदस्य पुर्ण बहादुर रावल सुदुरपश्चिम प्रदेश समन्वय महासंघको सदस्यमा चयन गरेको छ ।

केन्द्रीय सदस्यमा चयन गराउन सहयोग गर्ने सम्पुर्ण लाई केन्द्रीय सदस्य कुवरले धन्यवाद समेत दिएका छन् ।

पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । महासंघले जिल्लाको विकासका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *