देवेन्द्रले संचालनमा ल्याए ,नरहरिनाथमा सुपथ मेडिकल

देवेन्द्रले संचालनमा ल्याए ,नरहरिनाथमा सुपथ मेडिकल

कालिकाेट : जिल्लाकाे नरहरिनाथ गाउँपालिकाकाे वडा नं. ३ मा सुपथ मेडिकल सञ्चालनमा आएकाे छ । नरहरिनाथ गाउँपालिकाकाे वडा नं. ३ स्थित कृषि विकास बैंककाे नजिकै साे मेडिकल सञ्चालनमा ल्याइएको छ।
नेपालगंन्ज टेक्निकल कलेजमा हेल्थ असिस्टेन्टमा अध्ययनरत कालिकाेटकाे रुप्सा गाउँका देवेन्द्र बाेगटीले आफु पढ्दापढ्दै मेडिकल सञ्चालनमा ल्याएका हुन्।  समयमै आौषधी नपाउदा  गाउँमा बिरामीहरुले समस्या झेल्दै आएकाछन । त्यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा पर्न गएको  समस्यालाइ मध्यनजर  गरेर आफुले बाेगटी मेडिकल हल मार्फत नरहरिनाथ गाउँपालिकामा सुपथ मुल्यमा ओैषधी वितरण गरेर सेवाग्राही लाई सेवा दिने बोगटीले बताए । सञ्चालक बाेगटीले आफ्नाे मेडिकलमा आउने बिरामीहरुका लागि निशुल्क रुपमा ब्लड प्रेसर, ब्लड सुगर टेस्ट, गर्भवती महिलाहरुका लागि चेकजाँच गरिनुका साथै निशुल्क स्वास्थ्य जाच गरिने बताए । उनका अनुसार स्वास्थ्यकर्मी र कर्मचारी राखेर गाउँमै पहिलाे पटक सरकारले मान्यता दिएका स्वदेशी तथा विदेशी आौषधीहरु सुपथ मुल्यमा बिक्री गर्न आफु कटिबद्ध रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *