२२ वर्षिया अनिशाको यात्रा ‘शिक्षकसेवामा निमावी तहको स्थायी अंग्रेजी शिक्षक’

२२ वर्षिया अनिशाको यात्रा ‘शिक्षकसेवामा निमावी तहको स्थायी अंग्रेजी शिक्षक’

घनश्याम पौडेल,अर्घाखाँची, १५ पुस : शिक्षकसेवा, लोकसेवा आयोगमा फर्म भर्नदेखि परिक्षा दिन धेरैको संख्यामा भिडभाड हुने गर्छ । सकेसम्म मानिसलाई सरकारी जागिर खान मन लाग्छ । देशका प्रशस्त रोजगार नहुनु, सरकारी जागिर खान गाहृो भएकै कारण दैनिक हजारौँ युवायुवतीहरु रोजगारकै लागी विदेशको यात्रा तय गर्छन ।

मिहिनेत गरेमा असम्भव भन्ने कुरा सम्भव हुन्छ भन्ने उदाहरण बनेकी छन् अर्घाखाँचीको पाणिनी–५ मैदानकी अनिशा भट्टराई । उमेरले २२ वर्ष । एसएलसी तहको अध्ययन श्री भानु माध्यमिक विद्यालय मैदानमा अध्ययन गरेकी भट्टराई, श्री कृष्ण उमावि मैदानबाट +२ तहको अध्ययन पुरा गरिन ।

स्नातक तह बुटबल बहुमुखी क्याम्पस बुटबल रुपन्देहीमा अध्ययन गरेकी भट्टराई सानै देखि पढाईमा मिहिनेती थिईन । रमेश भट्टराई बुबा र सावित्रा भट्टराईकी जेठी छोरी रहेकी अनिशाले भनिन् ‘शिक्षक एक पेसा मात्र नभई बाल्यकालदेखीको इच्छाको विषय भएकाले पेसा र इच्छा सँगसँगै जोड्न सकियो भने सफल भईन्छ भन्ने उद्देश्यका साथ शिक्षकसेवामा प्रवेश गरेको बताउँछिन् ।

शिक्षक सेवा अध्ययनको यात्रा

१ बर्ष अगाडिको कुरा थियो, स्नातक तह बि.एड चौँथो बर्षको परिक्षा मुखैमा आएको थियो, अघिल्लो बर्षझै यस बर्ष पनि एकैपटकमा पास गर्नुपर्ने बाध्यता । फेरि सोही बर्षबाट विद्यालय श्रोत शिक्षकको जागिर नवीन औद्योगिक कदर बहादुर रिता माबि देविनगर बुटवलमा गर्दै आएकि थिईन् । एकातिर शिक्षक सेवा आयोग खुलेको,मनमा पास गर्ने थोरै पनि आशा थिएन, छुट्टि मिलाएर क्याम्पसको प्राक्टीकल र परिक्षाको तयारी गर्ने मुस्किल परिरहेको बेला कसरी आयोगमा नाम निकाल्ने भनेर मना प्रश्न खेलिरहेको थियो ?

भनिन्छ, संघर्ष नै सफलताको यात्रामा भट्टराई सोही यात्राको यात्रु बन्न पुगिन, त्यो मात्र हैन यात्राबाट सफल समेत भईन । बिहिवार मात्र प्रकाशित निमावि अंग्रेजीमा उनको नाम पनि पहिलो प्रयासमा नै निस्केको छ, यति मात्र हैन उनले स्नातक तह पनि उत्तीर्ण गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *