निजामती कर्मचारी युनियन ढकारी गा •पा द्वारा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य हरुलाइ बधाई तथा सम्मान

निजामती कर्मचारी युनियन ढकारी गा •पा द्वारा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य हरुलाइ बधाई तथा सम्मान

मंसिर ११,अछाम: नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिका द्वारा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य हरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी युनियन ढकारी गाउँपालिका अध्यक्ष
लोकेन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा (क) बाट नवनिर्वाचित
प्रदेश सभा सदस्य अक्कल बहादुर रावल ,प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर रावल काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर,प्रदेश सभा (ख) बाट प्रदेश सभा समानुपातिक उम्मेदवार धनबहादुर बुढा ,ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद लगायतको उपस्थित रहेकोे थियो ।
निजामती कर्मचारी युनियन जिल्ला सदस्य सुरत बहादुर बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नवीन रिमालले गर्नुभएको थियो ।
साथै युनियनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग हरुलाइ प्रदेश सभा र प्रतिनिधि सभामा प्रस्तुत एवं कानुन निर्माण तहमा भुमिका निर्वाह गरिदिन विभिन्न माग सहितको ज्ञापनपत्र प्रदेश सभा सदस्य मानबहादुर रावल ,अक्कल रावल र प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह लाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *