पैसा बाँड्दै गर्दा एमाले प्रदेशसभा उम्मेदवार समातिए
सडक मिडिया
मङ्सिर २, २०७९ २१:३१:३९ • १४३१ पटक पढिएको

काठमाडौँ: मतदातालाई पैसा बाँड्दै गर्दा एक नेकपा एमालेका प्रदेशसभा उम्मेदवारलाई प्रहरीले समातेको छ। प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको हो। उनीसहित अन्य तीन जना पनि पक्राउ परेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्। उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले छापा हानेको थियो।
सिफारिस