कांग्रेस अछाम क्षेत्र नं• २ द्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम सिफारिस

कांग्रेस अछाम क्षेत्र नं• २ द्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम सिफारिस

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति ,प्रदेश सभा (क) र (ख) को संयुक्त बैठक सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति पुष्पराज शर्माको सभापतित्वमा बसेको बैठकले आसन्न मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार हरुको नाम जिल्ला  कार्यसमिति लाई सिफारिस गरेको छ

प्रत्यक्ष तर्फबाट प्रतिनिधि  सभाका लागि ४ जना र समानुपातिक तर्फ ६ जनाको नाम जिल्ला कार्यसमिति लाई सिफारिस गरेको छ।

बैठकले प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाह ,महासमिति सदस्य बलबहादुर कुवर,गणेश बिष्ट र रामबहादुर शाही लाई सिफारिस गरेको छ भने पिछडिएको समानुपातिक तर्फ पुर्व महासमिति सदस्य देवराज देवकोटा , काङ्ग्रेस नेता बिनोद थापा ,बिपि रेग्मी ,खस आर्य तर्फ पुर्व सांसद अक्कल बहादुर बिष्ट ,महाधिवेशन प्रतिनिधि अम्बि कुमारी थापा ,सुनिता थापा लाई सिफारिस गरिएको क्षेत्रीय सचिव भिम बहादुर बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *