सासु कुटपिट गर्ने दुई बुहारी लाई अछाम प्रहरीले गर्यो पक्राउ

सासु कुटपिट गर्ने दुई बुहारी लाई अछाम प्रहरीले गर्यो पक्राउ

अछाम। मानसिक सन्तुलन ठिक नभएकी सासू कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।अमानविय व्यवहार गर्दै सासुमाथि कुटपिट गर्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको हो।
पञ्चदेवल विनायक नगरपालिका-६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन। सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *