नेपालगन्ज टेक्निकल कलेज Group-B का बिद्यार्थी द्वारा गरियो, सौराहामा सुक्ष्म स्वास्थ परियोजना

नेपालगन्ज टेक्निकल कलेज नेपालगन्ज बाकेका Group-B का बिद्यार्थीहरुले बढैयाताल गा.पा सौराहा बर्दियामा सामान्य चिकित्सा तेस्रो वर्षको पाठ्यक्रम अन्तर्गत पर्ने सामुदायिक स्वास्थ निरुपण अन्तर्गत आज सामुदायिक स्वास्थ परियोजना र सामुदायिक तथ्यांक प्रस्तुतीकरण कार्यक्रम एकै साथ गरेका छन ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बढैयाताल गा.पा अध्यक्ष हिमालय त्रिपाठी रहनु भएको थियो भने बिशिस्ट अतिथीहरु बढैयाताल गा.पा -३ का वडा अध्यक्ष लल्लन अहिर ,वडा सद्स्य कृष्णलाल उपाध्यय, नेपालगन्ज टेक्निकल कलेजका सुपरभाइजर सुमित्रा गिरि, लेक्चर सुमिना थापा लगाएत रहनु भएको थियो ।साथै अन्य स्थानीय बासिन्दा र अग्रज व्यक्तीहरुko पनि बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन सोही ग्रुपका बिद्यार्थी जीवन राज अधिकारी र कृष्ण राज खत्रीले गरेका थिए भने समाध्यक्षको भुमिका सोही ग्रुपका बिद्यार्थी हिमाल खनालले निभाएका थिए । उक्त कार्यक्रममा बिद्यार्थीहरुले जनचेतना मुलक नाटक, नृत्य र अन्य सोही ठाउँबाट सकलन गरेका तथ्यांकलाई प्रस्तुत गरेका थिए।

बिद्यार्थीले औल्याएका स्वास्थ्य समस्या र सिकलसेल Anemia को समाधानका लागि आफू लागि पर्ने कुरा आजका प्रमुख अतिथी एवम गाउपालिका प्रमुख हिमाल त्रिपाठिले वताउनु भयो । साथै बिद्यार्थीले देखाएका समस्या समाधानमा आफू सधै सकारात्मक रहेको कुरा बडैयाताल गा.पा ३ का वडा अध्यक्ष लल्लन अहिरले जनाउनु भएको छ ।

कार्यक्रमको अन्त्यमा आजका सभापति एवम बिद्यार्थी हिमाल खनालले कार्यक्रम सफल पार्न आउनु भएका सबैलाई धन्यवाद ज्ञापन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *