अछाम प्रशासनले गर्‍यो बजार अनुगमन, १ पसललाई जरिवाना

अछाम प्रशासनले गर्‍यो बजार अनुगमन, १ पसललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय अछाम र घरेलु तथा साना उधोग कार्यालयको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको छ ।
पसलहरू मापदण्ड अनुसार संचालन भए/नभएको परीक्षण गर्न गरिएको अनुगमनमा जिल्ला सदरमुकाम मंगलसैन बजारका ९ वटा किराना पसल ,१ मेडिकल ,२ होटेल र १ तरकारी पसल गरि जम्मा १३ ठाँउमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा उपभोक्ताको हित बिपरित कारोबार गरेको भन्दै एक पसल लाई  कार्बाही गरिएको हो  । उपभोक्ता संरक्षण  ऐन २०७५ बमोजिम उक्त ब्यापारी लाई ५ हजार जरिवाना तिर्न लगाएको छ । केही पसल हरुमा अनुगमनको क्रममा अबैध सुर्तीजन्य पदार्थ हरु फेला परेको बताइएको छ ।

जिल्लामा कहि कतै उपभोक्ताको हित हनन हुने कार्य भए/गरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा यथाशीघ्र जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दिपेश रिजालले आग्रह गर्नुभयो।

अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका नायब सुब्बा प्रकाश उपाध्याय ,जिल्ला प्रशासन कार्यालयका सुब्बा भरत जोशी लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *