प्रतिनिधिसभामा कांग्रेसले १ सय सिट राख्ने, बाँकी गठबन्धनका अन्य दललाई

प्रतिनिधिसभामा कांग्रेसले १ सय सिट राख्ने, बाँकी गठबन्धनका अन्य दललाई

नेपाली कांग्रेसले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधीसभाको निर्वाचनमा १ सय सिट आफूले राखेर ६५ वटा सिटमा मात्र गठबन्धनका दलहरुसँग तालमेल गर्ने भएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान बालुवाटारमा बोलाएको पदाधिकारीहरुको बैठकले १ सय सिटलाई बोर्डरलाइन मानेर ६५ सिट अन्य गठबन्धन दलहरुबीच भागबण्डा गर्ने गरी तालमेलका लागि वार्ताअघि बढाउने निर्णय गरेको हो।

बैठकमा उपस्थित एक जना पदाधिकारीले भने, ‘एक सय सिट काँग्रेसले राख्छ। बाँकी ६५ सिट अन्य दलहरुबीच तालमेल गरेर अघि बढ्छ।’ उनका अनुसार प्रदेशसभाको सिट संख्या पनि यही अनुपातमा राख्ने पदाधिकारीहरुबीच सहमति भएको छ।

बैठकमा काठमाडौमा उपलब्ध पदाधिकारीहरु सहभागी थिए। सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने लिखित सहमति भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *