शेखरको पक्षमा बोले महामन्त्री शर्माः नेतृत्वको प्रशंसा गर्ने नाममा अर्को पक्षलाई होच्याउनु राजनीतिको विसंगत पाटो

शेखरको पक्षमा बोले महामन्त्री शर्माः नेतृत्वको प्रशंसा गर्ने नाममा अर्को पक्षलाई होच्याउनु राजनीतिको विसंगत पाटो

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको अर्थतन्त्रबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्।

शनिबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले नेपाल श्रीलंका बन्दैछ भनेर त्रासमा पार्ने काम भएको भन्दै सरकारले तत्काल अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अनि अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नुछ।

प्रमुख दलका रूपमा नेपाली कांग्रेसको कर्तव्य हो– जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने। अतः सरकारले आजको समग्र अर्थतन्त्रका बारे श्वेतपत्र जारी गरेर जनतासमक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ।’

साथै महामन्त्री शर्माले शेखर कोइराला समूहले उठाएको मुद्दालाई पनि ध्यान दिनुपर्ने बताएका छन्। सभापति देउवाको पक्षधरता लिँदा कोइराला पक्षलाई होच्याएर बोल्नु विसंगतको पाटो भएको उनको भनाइ थियो।‘डा. शेखरले होटलमा भेला गर्नु हुन्थ्यो/हुन्नथ्यो, त्यो एउटा पाटो हो। तर पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ? त्यो मुख्य कुरा हो,’ महामन्त्री शर्माले भने, ‘एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो हो। नेतृत्वको प्रशंसा गर्ने नाममा  ॐ , जय , जगदीश हरे गरेर घण्टी नबजाऔँ। अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔंँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *