कक्षागत सिकाई उपलब्धि तथा शैक्षिक गुणस्तर अभिबृद्धि सम्बधि चौरपाटीमा छलफल

कक्षागत सिकाई उपलब्धि तथा शैक्षिक गुणस्तर अभिबृद्धि सम्बधि चौरपाटीमा छलफल

पालिका अन्तरगतका सबै विध्यालयमा शैक्षिक क्षेत्रको बिकास, गुणस्तरीयता, र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ तालिम्को आयोजना गरिएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले बिद्यालयको अग्रगामी विकासका लागि सधै लागि पर्ने बताउनु भएको छ ।

पालिका अन्तरगतका हरेक विद्यालय लाई नमूना योग्य बनाउन सबैको सहयोग समन्वय र सहकार्यको खाचो पर्ने भन्दै सबैले एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।

बिध्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, अभिभावक र बिध्यार्थिको भुमिका महत्त्वपूर्ण हुने भएकाले सबैले आफ्नो भुमिका निभाउन सक्नु पर्ने कुरामा जोड दिनुभयो । गुणस्तरीय शिक्षा नि आजको आवश्यकता भएकाले प्राबिधिक शिक्षाको बिकासका लागि आफू पहल गर्ने भनाई राख्नुभयो ।

राजनीतिक रुपमा विद्यालय लाई चोखो राख्नुपर्ने भन्दै सम्पूर्ण अभिभावक लाई विद्यालयको चौतर्फी विकासमा आत्मसात गरि अघि बढ्न आह्वान गर्नु भयो ।

त्यस्तै चौरपाटी गाउँपालिकाका शिक्षा अधिकृत रामचन्द्र जोशीले विद्यालय ज्ञान आर्जन गर्ने मन्दिर भएककाले यसलाई सदैब पवित्र बनाइ राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विद्यालयमा थुप्रै समस्या रहेको औल्याउँदै उक्त समस्या सामुहिक रुपमा समाधान गरि आधुनिक ,राष्ट्रिय ,अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न विद्यालय सक्षम हुनुपर्ने उल्लेख गर्दै शिक्षक हरुलाइ इमानदारी साथ पेशा प्रती बफादार रहदै अध्यापन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा चौरपाटि गाउपालिका का सात वटै वडाका वडा अध्यक्ष ,पालिका भरिका बिद्धालयका प्र.अ , चौरपाटि गाउपालिकाका लेखापाल अर्जुन प्रसाद जोशि,लगायतको सहभागिता रहेको कार्यक्रम वडा नं ४ पायलका अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक लाल बहादुर धामिको अध्यक्षता भएको कार्यक्रको संचालन शिक्षा शाखाका बुद्धि सुनारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *