ढकारी गाँउपालिकाको बजेट ३९ करोड ३ लाख ६ हजार, शिक्षा पहिलो प्राथमिकता

ढकारी गाँउपालिकाको बजेट ३९ करोड ३ लाख ६ हजार, शिक्षा पहिलो प्राथमिकता

अछाम : जिल्लाको ढकारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत भएको छ । शिक्षालाई प्राथमिकतामा राख्दै ढकारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको हो ।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षतामा भएको नवौ गाउँसभामा ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीले आर्थिक वर्ष २०७९/०८०नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरिन् ।

०७९/८० बजेट प्रस्तुत गर्दै अनुमानित व्यय तर्फ कुल विनियोजन मध्ये चालुतर्फ रू ३१ करोड ५६ लाख ६ हजार र पुजिगत तर्फ रू ७ करोड ४७ लाख गरी जम्मा रू ३९ करोड ३ लाख ६ हजार विनियोजन गरिएको छ ।

जस मध्ये चालु खर्च तर्फ कुल वजेटको ८०.८६ प्रतिशत र पूँजीगत तर्फ १९.१४ प्रतिशत रहेको छ । ढकारी गाउँपालिकाको कुल विनियोजित बजेट बाट व्यहोर्ने गरी सम्पुर्ण वडामा १ करोड ७७ लाख बजेट बिनियोजन गरिएको छ । त्यसैगरी चालु खर्च अन्तर्गत गाउँपलिका र विषयगत शाखाको लागि रू। ८ करोड ७५ लाख ६ हजार विनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७९/०८० को चालु खर्च तर्फको विनियोजित बजेट संघिय ससर्त चातु १७ करोड ६ लाख,शिक्षक पारिश्रमिक ५ करोड २८ लाख,पोषण साझेदारी कार्यक्रम ५ लाख औषधि खरिद ३० लाख वडागत चालु १२ लाख शाखागत चालू १ करोड २५ लाख ५० हजार गाउँपालिका प्रशासनिक खर्च ७ करोड ४९ लाख ५६ हजार गरि जम्मा ३१ करोड ५६ लाख ६ हजार बिनियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *