गाउँमा वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै डाक्टर शेखर कोइराला

गाउँमा वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्दै डाक्टर शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला चिकित्सक पनि हुन्। र, उनको गृहजिल्ला मोरङ हो। गएको मंसिरमा भएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा कांग्रेस सभापतिका प्रत्याशी रहेका कोइरालाले त्यसपछि पार्टीमा आफ्नो प्रभाव निकै बढाएका छन्।

कोइराला एक सातायता विराटनगरमा छन्। राजनीतिक भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने, कार्यकर्ताहरूसँग भेटघाट गर्ने उनको मुख्य काम हो।  कोइराला ०७४ सालको स्थानीय निर्वाचनमा मोरङ–६ बाट चुनाव लडेका थिए। उनी नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भए।

बुधबार भने कोइराला आफ्नो चुनाव क्षेत्रमा बिरामी जाँच्दै गरेका भेटिए। मोरङ क्षेत्र नम्बर ६ मा पर्ने विराटचोकमा उनले स्थानीय वृद्धवृद्धाको स्वास्थ्य जाँच गरेका थिए। फिजिसियन डाक्टरसमेत रहेका कोइराला आला र ब्लड प्रेसर मनिटर बोकेर स्वास्थ्य परीक्षणमा सक्रिय भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *