दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

काठमाडौँ — हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *