लालपुर्जा वितरण र द्वन्द पीडितलाई राहतको व्यवस्था गर्छु : अध्यक्ष साउँद

लालपुर्जा वितरण र द्वन्द पीडितलाई राहतको व्यवस्था गर्छु : अध्यक्ष साउँद
अछाम – रामारोशन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मान बहादुर साउँदले गाउँपालिका भित्रका लालपुर्जा विहीन नागरिकलाई लालपुर्जा वितरण र द्वन्द्व पीडितलाई राहतको व्यवस्था गर्ने बताउनु भएको छ ।
नव निर्वाचित अध्यक्ष साउदले सोमबार पदभार ग्रहण गर्दै विगत १० वर्षीय द्वन्द्व तथा अन्य कारणले लालपुर्जा विहीन रामारोशनका जनतालाई लालपुर्जा वितरणका लागि विशेष पहल गर्ने र द्वन्दले गर्दा राज्य र विद्रोही दुवै पक्षबाट पीडित रामारोशनका जनताका लागि सक्ने राहतको व्यवस्था गर्ने बताउनुभएको हो ।
अध्यक्ष साउँदले आफू रामारोशनको सुशासन र समृद्धि र पर्यटन विकास लागि अवरात्र खटिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी राहत तथा सुरक्षित बस्ती निर्माणका पहिलो प्राथमिकता दिँदै यसका लागि सबै निकाय सँग सहयोग का लागि पहल गर्ने समेत बताउनुभयो । साउँद वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय २७ मत सहित नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *