मंगलसेनमा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते ।

मंगलसेनमा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते ।

अछाम : जिल्लाको सदरमुकाम मंगलसेनमा नेकपा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते भएका छन् । मंगलसैन नगरपालिकाको वडा नं. २ मा एमाले कार्यकर्ताको कुटपिट बाट कांग्रेस वडा नं. २ का सभापती श्याम बोगटी, वडाध्यक्षका उम्मेद्धार सान्तराम आउजी घाईते भएका छन् ।

अन्य घाईते हुनेहरुमा झनक आउजी, सुनिल आउजी, तपेन्द्र बोगटी, टोप बोगटी, सिद्ध आउजी, महेश आउजी, राम आउजी, दिपक बिसी, बृख बिसी लगायतका रहेका वडा सभापती श्याम बोगटीले बताए । एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई भोट नदिएको भन्दै आईतबार देखि नै आफुहरु संग झगडा गरिरहेको सभापती बोगटीको भनाई छ ।

खाना खानेबेला देखि घरमा बसेको अवस्थामा समेत उनीहरुले आफुहरु माथी कुटपिट गर्न खोजेको बोगटीको भनाई छ । वडा नं. २ मा एमाले बिजयी हुदाँ र्याली निकालेर समेत उनिहरुले आफ्नो घरमा ढुंगामुढा गरेको र त्यसो किन गरेको भन्दा उल्टै आफुहरु माथी निर्घात कुटपिट गरेको वडा सभापती श्याम बोगटीले बताए ।

घाईतेलाई अस्पताल पुर्याउदा पनि कुटपिट गर्न नछोडेको उनले बताए । हामीले घाईतहरुको उपचारकै लागि अस्पताल लिएका थियौँ एमालेका कार्यकर्ताहरुले अस्पतालमा पनि आफुहरुलाई कुटपिट गर्न नछोडेको घाईते सान्तराम आउजीले बताए ।

यसैबिच आफ्ना कार्यकर्ताहरुलाई निर्घात कुटपिट गरेको भन्दै कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले गम्घिर ध्यानाकर्षण भएको बताएका छन् । कुटपिटमा संलग्न अपराधिक मानसिकता भएकाहरुलाई कानुनी कारबाही हुनुपर्ने भन्दै उनले प्रहरी प्रशासनलाई जोडदार माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *