बान्निगढी जयगढ गाउँपालिका अध्यक्षमा काङ्ग्रेसका टेकबहादुर साउद बिजयि

बान्निगढी जयगढ गाउँपालिका अध्यक्षमा  काङ्ग्रेसका टेकबहादुर साउद बिजयि

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुर साउदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर साउद निर्वाचित भएका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुरलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् । कांग्रेसबाट उम्मेदवार टेक बहादुरले ३ हजार १ सय १२ मत पाएका छन् भने एमालेबाट उम्मेदवार लोकबहादुरले २ हजार ६ सय १४ मत पाए ।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका टेकबहादुर नेपाली कांग्रेस अछामको पूर्व पार्टी सचिव हुन् भने एमालेका तर्फबाट उम्मेदवार बनेका लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएका गाउँपालिका उपाध्यक्ष साउद वैशाख १ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका उम्मेदवार बिन्दु रावल निर्वाचित भएकी छिन् । रावलले २ हजार ७ सय ३१ मत प्राप्त गरि निर्वाचित भएकि हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार निर्मला साउदले २ हजार  सात सय १७ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *