पार्टीको निर्णय नमान्नेलाई कारबाही : शेखर कोइराला

पार्टीको निर्णय नमान्नेलाई कारबाही : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले निर्णय गरिसकेपछि त्यसलाई स्वीकार गरेर जानुपर्ने बताएका छन् ।

मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकाका उमेदवारसँगको अन्तरक्रिया कार्यक्रममा उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि निर्णय मान्नुपर्नेमा जोड दिए ।

सुन्दरहरैँचाका कतिपय वडामा स्वतन्त्र रूपमा ‘बागी’ उमेदवारी प्रस्तुत भएको भन्दै त्यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताए । “कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,” उनले भने, “जो ती उमेदवारको पछि लाग्छ, उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ ।”

कार्यक्रममा उमेदवारहरूले आफ्नो योजना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *