१ महिने बिधुत जडान र आधारभूत कम्प्युटर सीप विकास तालीमको ढकारिमा समापन

१ महिने बिधुत जडान र आधारभूत कम्प्युटर सीप विकास तालीमको ढकारिमा समापन

गरिबी निवारणका लागी लघु उधम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ढकारी गाउँपालिकामा संचालित १ महिने बिधुत जडान तथा हाउस वाइरिङ र १ महिने आधारभूत कम्प्युटर सीप विकास तालीमको एक कार्यक्रमका बीच समापन गरिएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले अहिलेको २२ औं शताव्दीमा कम्प्यूटर शिक्षा अनिवार्य भएकाले सबैले सिक्नुपर्ने बताए ।

बुढाले अहिलेको बिज्ञान र प्रबिधिको युगमा कम्प्युटर शिक्षा आवश्यक भएकोले गाउँपालिकाले प्राथमिकता दिएको बताए ।

ढकारि गाउँपालिकाका महिला तथा पुरुष प्रशिक्षार्थीहरु सहभागी तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद ,निमित्त  प्रशासकीय अधिकृत राजेन्द्र भाट ,ढकारी गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक कृष्ण प्रसाद देवकोटा ,पत्रकार सुशील भण्डारी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन गाउँपालिका नायब सुब्बा लोकेन्द्र बोगटीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *