आइएमई लाइफद्धारा १ करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफद्धारा १ करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको उदयपुर शाखाले मृतकको परिवारलाई दावी भुक्तानी प्रदान गरेको छ। त्रियुगा नगरपालिका वडा नं १० उदयपुरका बीमित स्व.सुर्य बहादुर खडकाको परिवारलाइ घरमै पुगेर कम्पनीले दाबी वापतको १ करोड दुई लाख साठी हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।

खडकाको मिति २०७८ असार १५ गतेका दिन असहमाहिक निधन भएकोले मिति २०७८ साउन २१ गते कम्पनीले उनको परिवारलाई सो रकम भुक्तानी गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रकाश खड्काले कम्पनीले मृतक परिवारलाई ठुलो राहात प्रदान गरेको भन्दै आगामी दिनमा पनि जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिनेमा आफु आशावादी रहेको बताए ।

कार्यक्रममा कम्पनीका सीइओ कबि फुयल, मार्केटिंग बिभाग प्रमुख कर्मराज पौडेल एरिया ब्रान्च मेनेजर कृष्ण प्रशाद घेमिरे र मेची अञ्चल प्रमुख मिलन दाहाल, कोशी अञ्चल प्रमुख ओम प्रकाश राई लगाएत त्रियुगा नगरपालिका वडा न१० अध्यक्ष प्रकाश खड्का ,वडा न. ११ अध्यक्ष बिश्वोराज भट्टराई , बुद्धिजिबी ,स्थानिय छिमिकी, संचार कर्मीहरुको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *