स्वर्गिय पत्रकार बिश्वकर्माका सन्ततीको सहयोगार्थ महासंघ अछामले सार्वजनिक अपिल गर्ने

स्वर्गिय पत्रकार बिश्वकर्माका सन्ततीको सहयोगार्थ महासंघ अछामले सार्वजनिक अपिल गर्ने

अछाम । अछाम जिल्लाका पत्रकार तथा संचारकर्मीले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको परिवार र सन्तती शिक्षा दिक्षाको लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् । महासंघ अछामको नेतृत्वमा सहयोगका लागि सार्वजनिक अपिल जारी गर्ने र व्यक्तीगत रुपमा पनि सहयोग गर्ने बताएका छन् ।

बिश्वकर्माको दुखद निधन भएको भन्दै उनिहरुले यस्तो अवस्थामा सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए । बिश्वकर्माको निधनको कारण र अस्पतालले गरेको व्यवहारको बिषयमा छानबीन गर्न महासंघ केन्द्रले आवश्यक पहल गर्नुपर्नेमा उनिहरुको जोड छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको घट्ना र उनका परिवार तथा छोराछोरीको सहयोगार्थ आयोजना गरेको छलफलमा सहभागीहरुले बिश्वकर्माको मृत्युको कारणको सत्यतथ्य छानबीन हुनुपर्ने र दोषी देखिए कारबाही हुनुपर्ने माग पनि गरेका छन् । पत्रकार बिश्वकर्माको मृत्युको कारण बारेको प्रतिबिदेन महासंघले सार्वजनिक गर्ने : केन्द्रिय सदस्य खत्री

छलफलमा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिबराज खत्रीले स्वास्थ्य स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको मृत्युको कारण बारे पत्रकार महासंघ केन्द्रले छानबिन सुरु गरेको र केही दिनमै यसको प्रतिबिदेन सार्वजनिक गरिने बताए ।

स्वर्गिय पत्रकार बिश्वकर्माका परिवार र छोरी छोरीको महासंघ केन्द्रले ५० हजार सम्म आर्थिक सहयोग गर्ने बताए भन्दै केन्द्रिय सदस्य खत्रीले अब उनिहरुको दिर्घकालिन जीवनयापन र शिक्षा दिक्षा ठुलो कुरा भएको भन्दै त्यस तर्फ सबैको ध्यान जानुपर्नेमा खत्रीले जोड दिए ।

यस्ता प्रकारका घट्ना नदोहरिन दिन आगामी दिनमा जिल्ला, प्रदेश र केन्द्रले सोच्नुपर्नेमा खत्रीले जोड दिए । भोलीका दिनका कुनै पनि पत्रकारलाई अप्ठेरो पर्दा सहयोग गर्न सकिने खालको कोष महासंघले निर्माण गर्नुपर्ने उनको भनाई थियो । समस्या पर्दा शेयर गर्न महासंघ सुदुरपश्चिमका अध्यक्ष रावलको आग्रह

छलफलमा सहभागी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष योगेश रावलले हामी अहिले एकदमै जटिल अवस्थामा छौँ यसबेला केही समस्या परेमा आफन्त र साथीभाईलाई शेयर गर्नृ आग्रह गरेका छन् ।

कुन बेला के पर्छ थाह नै हुदैन अध्यक्ष रावलले भने समस्या पर्दा होस्, अप्ठेरो हुदाँ होस् वा स्वास्थ्यमा समस्या पर्दा आफ्नो समस्या शेयर गर्न आग्रह गरेका हुन् ।

पत्रकार महासंघ अछामले अप्ठेरो पर्दा राम्रो कामको सुरुवात गर्ने गरेकोमा धन्यवाद दिदै अध्यक्ष रावलले आफ्नो तर्फबाट पनि स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको परिवार र छोराछोरीको लागि सक्दो सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माका परिवार र छोराछोरीको सहयोगका लागि सार्वजनिक अपिल जारी गर्ने बताए । उनिहरुलाई दिर्घकालिन रुपमा शिक्षा दिक्षा प्राप्त गर्न सहज होस भन्ने हिसाबले सहयोगका लागि अपिले जारी गर्ने बताएका हुन् ।

अध्यक्ष खत्रीले जिल्लामा कार्यरत कुनै पनि पत्रकारलाई अप्ठेरो पर्दा सहयोग गर्न सकियोस् भनेर पत्रकार कल्याणकारी कोष स्थापना गरेको भन्दै त्यसमा सक्ने जति सहयोग गर्न समेत आग्रह गरेका छन् । छलफलमा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य धमेन्द्र बिसी, तपेन्द्र कुवँर, पुर्व जिल्ला सचिव शिबराज ढुंगाना, प्रेस चौतारी अछामका अध्यक्ष टेक बहादुर थापा, प्रेस युनियन अछामका सचिव सुशिल भण्डारी, समाजबादी प्रेस संगठन अछामका अध्यक्ष डण्डीराज भट्ट लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *