वित्तीय साक्षरता सिकाउँदै ग्लोबल आइएमई बैंक

वित्तीय साक्षरता सिकाउँदै ग्लोबल आइएमई बैंक

देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेको ग्लोबल आइएमई बैंकले देशभर वित्तीय साक्षरता अभियान संचालन गरेको छ । त्यसै अन्तरगत बैंकको तिन टोली सुदूरपश्चिका नौ जिल्लामा वित्तिय साक्षरता अभियान संचालन गरिरहेको छ । शुक्रबार ग्लोबल आइएमई बैंक अछाम शाखाले मंगलसेनमा आयोजना गरेको कार्यक्रममा डिजिटल कारोबारलाई जिल्ला व्यापी बनाउन अनुरोध गरेका थिए ।

ग्लोबल आइएमई बैंकको कार्ड अप्रेशन म्यानेजर रुपेश शर्माले अहिलेको समयमा डिजिटल बैंकिङ्गको प्रयोग आवश्यक रहेको बताए । मोबाइल बैंकिङ्गको प्रयोगले समयको सदुपयोग हुनुका साथै नगद लिएर हिंड्दा आउने जोखि र आपराधिक कृयाकलापबाट समेत जोगिन सकिने हुनाले पनि डिजिटल बैंकिङ्गको प्रयोग आजको आवश्यकता भएको उनले बताए ।

नोट रहित सुरक्षित कारोबारका लागि डिजिटल बैंकिङ्ग कारोबार गर्नुको विकल्प नभएको बताउनुभयो । ग्लोबल बैंक जहिलेपनि ग्राहकको समयको बचतको साथै सुरक्षित रहुन भन्ने चाहेकोले डिजिटल कारोबारमा जोड दिए । कार्यक्रममा मोबाइल बाट बत्तीको बिल, डिस होमको पैसा तिर्न ,मोबाईल रिचार्ज गर्न, मोबाइल बाट पैसा ट्रान्सफर गर्न, सामान किन्दा क्युआर कोडको प्रयोग , कार्पोरेट पे को बारेमा कार्यक्रममा उपस्थित बैंकका ग्राहकहरु र सर्बसाधारणलाई डिजिटल बैंकिङ्ग प्रयोग बारेमा जानकारी गराइएको थियो ।

ग्लोबल आइएमकी बैंकका सुदूरपश्चिम प्रमुख मुकुन्दप्रसाद भट्ट , जिल्ला शाखा प्रमुख कृष्ण सोडारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । भौगलिक विकटता , नेटवर्कको समस्या र डिजिटल साक्षरता सम्बन्धि दुर्गममा जानकारी नभएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कार्यक्रमका सहभागिले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *