भिमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट युवा कृषक अधिकारी सम्मानित

भिमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट युवा कृषक अधिकारी सम्मानित

अछामका युवा कृषक जनक अधिकारी उत्कृष्ट कृषक पुरस्कार बाट सम्मानित भएकाछन । अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ निवासी युवा कृषक अधिकारिलाई कृषि विकास निर्देशनालय दिपायल डोटेले आर्थिक वर्ष २०७७/७८ को वार्सिक स्वीकृत कार्यक्रम अनुसार भिमदत्त उत्कृष्ट कृषक पुरस्कार पहिलो चोटि अधिकारी लाई सम्मान गरेको हो ।

युवा कृषक अधिकारिले कृषि क्षेत्रमा गरेको लगानी र उनको कामको उच्च मुल्यांकन गर्दै सम्मान सहित नगद रु २५ हजार प्रदान गरेको हो ।

२०७६ सालमा न्यु अधिकारी यग्रो फार्म दर्ता गरि एक रोपनी क्षेत्रफलमा दुइ वटा प्लास्टिक घर बाट तरकारी खेती सुरु गरेका उनले उक्त फार्मको क्षेत्र विस्तार गरि २० रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन ।

उक्त फार्ममा २० वटा प्लास्टिक घर रहेकाछन भने बार्है महिना ताजा तरकारी फलाउनको लागी अन्य कृषकहरुको लागि सिक्ने थलो बनेको छ ।

हजारौं युवा हरु विदेशीरहेको अवस्थामा आफ्नै ठाउमा कृषि ब्यवसाय संचालन गरि ब्यवसायलाइ अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *