उपचारका क्रममा निधन भएका कांग्रेस मंगलसैन ६  का  पुर्व क्षेत्रीय प्रतिनिधि भण्डारीको अन्त्येष्टि

उपचारका क्रममा निधन भएका कांग्रेस मंगलसैन ६  का  पुर्व क्षेत्रीय प्रतिनिधि भण्डारीको अन्त्येष्टि

उपचारका क्रममा निधन भएका नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ का पुर्व क्षेत्रीय प्रतिनिधि गोमा भण्डारीको सोमबार अन्तिम दाह सस्कार गरिएको छ ।

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ६ का जेष्ठ क्रियाशिल सदस्य एवं काङ्ग्रेसको १३ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि समेत रहेका भण्डारीको

पार्टिको चारतारे झण्डा  ओढाएर  श्रद्धाञ्जलि दिदै अन्तिम दाहसंस्कार गरिएको हो ।

उनको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी , मंगलसैन नगरपालिका का निवर्तमान सभापती पुष्पराज भण्डारी  ,बर्तमान उपसभापति हेमराज भण्डारी , वडा सभापती गङ्गाराम भण्डारीले पार्टिको झन्डा ओडाएर श्रद्धाञ्जलि दिएका नेपाली कांग्रेस वडा न ६ का वडा सचिब पुष्पराज भण्डारीले जानकारी दिनु भयो ।

भण्डारीको निधनले नेपाली काङ्ग्रेस पार्टी लाई अतुलनीय क्षति भएको काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ६ ले जनाएको छ ।

भण्डारीको उपचारका क्रममा सोमबार बिहान जिल्ला अस्पताल अछाममा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *