कांग्रेस अछामका युवा नेता तथा समाजसेवी स्वार द्वारा स्वास्थ्य केन्द्रलाई औसधि उपलब्ध

कांग्रेस अछामका युवा नेता तथा समाजसेवी स्वार द्वारा स्वास्थ्य केन्द्रलाई औसधि उपलब्ध

नेपाली कांग्रेस अछामका युवा नेता तथा समाजसेवी बम बहादुर स्वारले आधारभूत स्वास्थ्य केन्द्रलाई औसधि सहयोग गरेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई २१ हजार ६० रुपियाँ बराबरको औषधि स्वास्थ्य आधारभूत केन्द्र प्रमुख रत्ना सोडारी लाई हस्तान्तरण गरेका हुन्।

युवा नेता स्वारले यसघि पनि बेला बखतमा असाहय बिद्यार्थी, गरीब एबम् विपन्न ब्यक्ति र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको औषधि उपचारको लागि सहयोग जुटाउँदै र सहयोग गर्दै आएका छन ।

नेपाल विद्यार्थी संघ अछामका सचिव समेत रहेका मनकारी भावना समाजसेवी स्वार हाल कांग्रेस अछामको सक्रिय राजनीतिमा लागेका छन्

औषधि हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मंगलसेन वडा नं ४ का सभापति ध्रुव रावल, नेकपा एमालेका नेता नैन बहादुर विक लगाएतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *