अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सहसचिवमा नेता मीन बहादुर शाहको उम्मेदवारी घोषणा

अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सहसचिवमा नेता मीन बहादुर शाहको उम्मेदवारी घोषणा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला कमलबजार नगरपालिका वडा नम्बर ६ निवास नेपाली काङ्ग्रेसका  नेता मिन बहादुर शाहले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सहसचिवमा लड्ने घोषणा गरेकाछन ।

शाहले  १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सहसचिवमा  दाबी गरेका हुन् ।

संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सहसचिवमा लड्न लागेको शाहले बताए ।  अछाम क्षेत्र नम्बर २ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *