कांग्रेस महामन्त्रीमा उठ्न‍े विश्वप्रकाश शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उठ्न‍े विश्वप्रकाश शर्माको घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा मा उम्मेदवारी घोषणा गरेका छन्।

बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४ औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेसका संस्थापक बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी सङ्ग्रहालयले गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले घोषणा कार्यक्रममा युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष पनि गरेका छन्।

आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन गर्दैछ। कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। उनले क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *