बैतडीमा १९ बर्षीया भागरथी खुल्लाबाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

बैतडीमा १९ बर्षीया भागरथी खुल्लाबाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

बैतडी –१९ बर्षीया भागरथी भट्ट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन् । १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न भएको वडा अधिवेशनबाट आफू खुल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएको उनले बताइन् । पाटन नगरपालिका वडा नं ४ बाट उनी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भट्ट पार्टी राजनीतिमा सक्रिय भएकी हुन् । उनले भनिन् ‘अहिले क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छु । अन्य पदका लागि अब दाबी प्रस्तुत गर्छु ।’

नेपाली कांग्रेसमा युवा नेतृत्व आउनुपर्ने बताउँदै क्षेत्रीय प्रतिनिधि भट्टले राजनीतिबाट समाजसेवा गर्ने ईच्छा रहेको बताइन् । उनले भनिन् ‘राजनीतिमा युवाहरुको आकर्षण कम भईरहेको छ । त्यसैले अब राजनीतिमा युवाहरु लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि म राजनीतिमा लागेकी हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *