‘शेखर कोइराला र केपी ओलीबीच भेटघाट भएको छैन’- स्वकीय सचिव थपलिया

‘शेखर कोइराला र केपी ओलीबीच भेटघाट भएको छैन’- स्वकीय सचिव थपलिया

काठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका नेता डा शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कुनैपनि किसिमको भेटघाट नभएको बताइएको छ ।

केही सञ्चार माध्यामले कोइराला र ओलीबीच भेटघाट भएको समचार सम्प्रेषण गरेपछि कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आज एक विज्ञप्ती जारी गरी डा कोइरालाको केपी ओलीसँग कुनै प्रकारको भेटघाट नभएको बताउनु भएकाे हाे ।

“एक अनलाइनमा सम्प्रेषित समाचारमा सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याइसकेपछिको परिस्थितीका बारेमा काँग्रेस नेता कोइराला र एमाले अध्यक्ष ओलीबीच भेट भएको भन्ने भ्रमपूर्ण कपोलकल्पित र मनगढन्ते समचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,”– स्वकीय सचिव थपलियाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

डा कोइराला दुई दिनको विराटनगर बसाईँपछि हिजो बेलुका काठमाडौँ फर्कनुभएको र उहाँको हिजो बेलुका कुनै भेटघाट नभएको थपलियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *