पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी

पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी

सुशील भण्डारी अछाम ,साउन ८:आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा पहिरो सिमुलेशन ( नमुना प्रदर्शन ) तथा अभ्यास सम्वन्धी ३ दिने जिल्ला सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टनेशनल नेपाल, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानिय पालिकाहरुको समन्वयमा संस्थाले कोप पहिरो सामना किताव परियोजना अन्तर्गत पहिरो सिमुलेशन नमुना प्रदर्शन तथा अभ्यास सम्वन्धी आयोजना गरिएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिमको बिहिबार समापन गरिएको हो ।

पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको हो । तालिमको अन्तिम दिन मंगलसैन नगरपालिका वडा नम्बर ५ को बुडाखोलामा तालीममा सहभागी हरु र अछाम जिल्लामा रहेको नेपाली सेनाको भवानी बक्स गणका सेनाहरुले कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरेका थिए । वर्षायाम सुरु भएकाले सम्भावित पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्देश्यले पहिरो अभ्यास प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको क्रममा बुडाखोलामा पहिरो जाँदा घाइते भएका दुईजनाको स्थानिय द्धारा उद्धार गरी उपचारार्थ अस्पताल लगिएको र स्थानियले उद्धार गर्न नसकेर भवानी बक्स गणका नेपाली सेनाहरुको  सहायताले उद्धार गरेको नाटक प्रस्तुत गरिएको थियो । तीन दिने ‘जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिम’को क्रममा पहिरोबाट बच्न पूर्व तयारी, घाइतेको उद्धार र उपचारबारे जानकारी गराउन नमुना अभ्यास प्रदर्शनी गरिएको हो।

वर्षाको समयमा पहाडी भेगमा पहिरो जाने अत्यधिक सम्भावना भएकाले त्यसबाट बच्न र पूर्वतयारी गर्ने उद्देश्यले वल्र्डभिजनको सहयोग र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सिमुलेसन आयोजना गरेको आस्था नेपाल अछामका प्रबन्धक रुपक चन्दले बताए ।

पहिरो विशेषज्ञ रामकुमार दाहालले यस्तो नमुना अभ्यास प्रदर्शनीले पहिरो व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। मानव जीवनमा आइपर्ने विपद्हरूमध्ये पहिरो पनि एक भएको भन्दै उनले हरेक वर्षायाममा पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले यसबाट बच्न यस्ता
पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *