शेरबहादुर देउवालाई बरिस्ठ नेता पौडेलको बधाई

शेरबहादुर देउवालाई बरिस्ठ नेता पौडेलको बधाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि पौडेलले यस्तो प्रक्रिया दिएका हुन् ।

उनले भने– ‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ । ७० वर्ष लगाएर लडेर ल्याएको व्यवस्था र यो संविधान सुरक्षित भएको छ । नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको छ ।’

पौडेलले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु । साथै मेरो मित्र शेरबहादुर देउवाजीलाई पनि बधाई दिन्छु, पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *