साफेबगर बाजुरा सडक खण्ड चक्काजाम

साफेबगर बाजुरा सडक खण्ड चक्काजाम

साँफेबगर बाजुरा सडक खण्डमा चक्काजाम गरिएको छ ।

साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर देउझालामा पर्ने सडक स्थानीयले चक्काजाम गरेका हुन् ।

देउझाला क्षेत्रमा बुढिगंगा नदि संगै जोडिएको सडकका कारण आफुहरुको बस्ति जोखीमा रहदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन् ।

सडक चक्काजामको नेतृत्व गरिरहेका युवा मुकेश कुँवरका अनुसार बुढिगंगा नदिसंगै जोडिएको सडकमा नदिको कटानका कारण बस्ति नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागी बिभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गरिएको थियो ।

नदि कटान र पहिरोको उच्च जोखीमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि उनीहरु सडक चक्काजाम गर्न बाध्य भएका हुन् ।

सडकका चक्काजाम गरिए संगै दर्जनौ गाडीहरु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *