घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

डडेल्धुरा- डडेल्धुरा जिल्लाकाे सदरमुकाम नजिकै रहेकाे घटालथान घाटमा मत पेटिका भेटिएको छ ।                 मत पेटिकामा “नाे भ्याक्सिन, मत पेटिका, लास” लेखिएको छ भने साैजन्यमा “बाेलन्या थली/खबरदारी मिडिया हाउस” लेखिएको छ। देशमा काेभिड संक्रमण बढिरहेकाे समयमा आएकाे याे राजनीतिक माहाेलले आफू सन्तुष्ट नभए पछि र जनतालाई मत पेटिका भन्दा पनि अक्सिजन सिलिन्डरकाे आवश्यकता रहेकाले याे रचनात्मक आन्दाेलनकाे शुरुआत गरेकाे अभियान्ता दिपकराज भट्टलेे बताए। भट्ट भन्छन् “सरकार जनताको स्वास्थ्य प्रति गम्भीर नभई उदासीन रहेकाे याे विषम परिस्थितिमा सरकारले नभई जनस्तर, संघ संस्थाबाट पाे सहयाेग भइरहेकाे छ। सरकार त माैन छ। श्मशान घाटमा मतपेटिका राख्न रहर त थिएन याे सरकारको अकर्मण्यता र गैर जिम्मेवारीपूर्ण कृयाकलाप देख्दा दुख: लागेर मतमेटिका घाटमा राखेका हाैं अभियन्ता भट्ट बताउँछन्। अभियान्ता भट्ट भन्छन् “हामीले अक्सिजन अभावलाई व्यवस्थापन गर्न प्राणका लागि रु ५०० अभियान शुरु गरेका छाैं याे अभियान बाेलन्या थली र खबरदारी न्युजले सञ्चालन गरेकाे हाे। यसमा डडेल्धुराका सातै स्थानीय तह र डडेल्धुरा अस्पतालले समन्वय गरेकाे छ।” साथसाथै प्राणका लागि रु ५०० अभियान निरन्तर जारी रहनेछ। अभियन्ता भट्ट पत्रकार महासंघका सदस्य, बाेलन्या थली जिल्ला संयाेजक तथा खबरदारी मिडिया हाउसका सम्प…

Leave a Reply

Your email address will not be published. Required fields are marked *